|

कालिकोट : पलाता र पचालझरना गाउँपालिकाका २ हजार भन्दाबढी मतदाता भोक टार्न भारत लागेका छन्। सुख्खा, खडेरी, रोग, भोक र अनिकालको क्षेत्रका रुपमा परिचित पलाताका मतदाता कामको खोजीमा भारत पसेका हुन्।

यहाँको पलाता गाउँपालिकामा साविकका धौलागोह, खिन र थिर्पु गाविस पर्दछन्। कुल ६ हजार ७ सय मतदाता रहेको यस क्षेत्रबाट ४ हजार मत खस्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘गाउँका अधिकांश मानिस कामको खोजीमा भारत गएका छन्।’ उनले भने, ‘करिब ४ हजार मत मात्र खस्ने अनुमान हाम्रो छ।’

आकासे पानीको भरमा किसानहरुले बीउ बचाउन गहँु, जौ र आलु लगाएर भारत लागेका छन्। आफ्नै बारीको उत्पादनले ३ देखि ६ महिनासम्म खानपुग्ने यस क्षेत्रको जनसंख्या १५ हजार रहेको स्थानीय शिक्षक मानबहादुर बुढाले बताए। ‘खेतबारीको काम गरेर वर्षभरि खान पुग्दैन।’ उनले भने, ‘त्यसैले यहाँका मानिस कामको खोजीमा भारत पसेका छन्।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.