|

भक्तपुर : भक्तपुरको रानीपोखरीमा सरसफाइको क्रममा तीन सय ९१ वर्ष पुरानो ढुङगाको मूर्ति फेला परेको छ। भक्तपुर नगरपालिका दूधपाटीस्थित सैनिक क्षेत्रभित्र रहेको रानी पोखरीको सरसफाइको क्रममा चतुर्मुख शिवलिंग, उमा महेश्वरको मूर्ति, ढुंङ्गे सिढि लगायत कलाकृति भेटिएका हुन्।    

इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले पोखरीको सरसफाइका क्रममा तीन सय ९१ वर्ष पुराना ती मूर्ति फेला परेको जानकारी दिए। पोखरी नेपाल सम्वत् ७४७ सालमा भक्तपुरका राजा जगज्योतिर मल्लले बनाएको उनले बताए।

पोखरी हरियाली प्रवर्द्धधन कार्यक्रम अन्तर्गत सरसफाइ गरेको भक्तपुर नगरपालिकाका वडा नं १ का अध्यक्ष श्याम कृष्ण खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.