|

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले पुत्र शोकमा परेका पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। सोमबार विहान लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेर राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्ड र उनका परिवारमा समवेदना समेत व्यक्त गरेकी हुन्।

त्यस अवसरमा उनल प्रकाश दाहालको तस्बिरमा पुच्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी थिइन्। प्रचण्डपुत्र प्रकाश दाहालको आइतबार विहान हृदयघातका कारण निधन भएको थियो। राष्ट्रपति भण्डारीले आइतबार पनि लाजिम्पाटस्थित निवास पुगेर पुत्र शोकमा परेका प्रचण्डसँग भेट गरेकी थिइन्। सोमबार विहानैदेखि पुत्रशोकले विह्वल भएका प्रचण्डको परिवारलाई समेवदना दिन सर्वसाधारणको समेत भीड लागेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.