|

इलामः इलाममा एक मजदुर सुतेको अवस्थामा मृत फेलापरेका छन्। 

इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्ने मजदुर इलाम नगरपालिका– ३, पुवामझुवाका ५० वर्षका गंगाबहादुर रानामगर मृत फेलापरेको नयाँबजार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोमप्रसाद दुलालले जानकारी दिए। 

मदिरा सेवन गरेर साथीसँग झगडा गरेको भन्नेसम्मको जानकारी स्थानीयले दिएको र थप अनुसन्धान भइरहेको दुलालले बताए। 

प्रहरीले सँगै रहेका मजदुरहरूलाई अनुसन्धान गरिरहेको छ। विगत दुई वर्षदेखि उक्त सडक निर्माणमा काम गर्दै आएका रानामगरसँग ३० जना मजदुर सँगै बस्दै आएका छन्। 

शरीरमा चोटहरू नदेखिए पनि घटना शंकास्पद रहेको दुलालले बताए। मगरको शवलाई पोष्टमार्टका लागि इलाम अस्पताल पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.