|

बैतडी : बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इञ्चार्ज वासुदेव जोशी पक्राउ परेका छन्। जोशीलाई प्रहरीले साेमबार डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट जोशीलाई पक्राउ गरेको हो। 

विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। 

बुबाको निधनमा किरिया बसेका जोशीलाई ११औं दिनमा प्रहरीले 'माथिको आदेश' भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन्। कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले बताए। प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका ६ नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.