|

काठमाडौं : मंगलबार संसारभरी टेलिभिजन दिवस मनाइँदै छ। सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेको थियो।

संयुक्त राष्ट्रसंघको उक्त निर्णयअनुसार आजको दिनलाई विश्व टेलिभिजन दिवसको रुपमा मनाउन लागिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ।

सन् १९५४ देखि रंगिन टेलिभिजनको विकास भई रंगीन दृष्यहरु हेर्न सकिने अवस्था आएको हो। सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भएको थियो।

नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो। नेपालमा अहिले करिब २ दर्जन टेलिभिजन सन्चालनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.