|
प्रतीकात्मक तस्विर

जितपुर (कपिलवस्तु) : ट्रयाक्टरले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–२ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु ३ त २१४५ नम्बरको ट्रयाक्टरले सोमबार साँझ विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो। 

क्याम्पसबाट पढेर घर फर्किंदै गरेकी गुप्ता ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई भैरहवा मेडिकल कलेजमा पुर्‍याइको थियो। अस्पतालमै साँझ उनको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए।

ट्रयाक्टर चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.