|

रुकुम : रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९, बटालागाउँका २९ वर्षीय मनिराज परियारको राति सुतेकै ठाउँमा मृत्यु भएको हो। रोजगारीको सिलसिलामा ३ वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए।

खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारी घरपरिवारलाई खबर गरेका हुन्। मृतक परियारका घरमा श्रीमति र ४ छोरा छन्। धन कमाउन गएका आफन्तको मृत्यु भएको खबर सुनेपछि परिवार शोकमा डुबेको र उनको शब नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.