|

काठमाडौं : नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा फिल्मको पर्दामा हेर्न पाइने भएको छ। जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको फिल्म 'माइ लभ'मा उक्त घटनालाई समेटिएको छ। सोमबार 'माइ लभ'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्म यही मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ। फिल्ममा गणेश लामा,नयाँ अनुहार शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ। यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ।

'माइ लभ' फिल्मले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिन खोजेको छ। फिल्ममा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहस नहस पारेको काठमाडौंलाई रियल रुपमा प्रस्तुत गरिएको छ।

'फिल्म क्रियसन नेपाल'को ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र 'माइ लभ'मा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.