|

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को केन्द्रीय समितिको बैठकले  पूर्वअध्यक्ष विमल गुरुङसहित १३ जना नेतालाई निलम्बन गरेको छ।

दार्जिलिङस्थित स्टरलिङ होटलमा सोमबार बसेको गोजमुमो केन्द्रीय समितिको बैठकले पूर्वअध्यक्ष गुरुङ, उनकी पत्नी तथा नारी मोर्चा अध्यक्ष आशा गुरुङ, रोशन गिरी, सावित्री राई, स्वराज थापा, शरण गुरुङ, प्रकाश गुरुङ, प्रियवर्धन राई, सञ्जीव लामा, सञ्जीव सुवेदी, अनमोल थापा, सोनम लामा, बारूत थापा, विद्यार्थी नेता भास्कर राईलाई ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

बैठकले गोजमुमोको अध्यक्ष पदमा विनय तामाङलाई सर्वसम्मत चयन गरेको छ। मोर्चाको महासचिवमा अनिता थापालाई चयन गरिएको छ। दुवै जनालाई संविधानको धारा ५ र ६ अनुसार नै अध्यक्ष र महासचिव पदमा नियुक्ति गरिएको हो।

अध्यक्ष पदमा जिम्मेवारी सम्हाले लगतै तामाङले भने, ‘चाँडै मोर्चाको कार्य समितिलाई विस्तार गर्दै गोर्खाल्याड मुभमेन्ट समितिले आगामी नोभेम्बरमा २६ मा अलग राज्यको लागि दिल्लीमा हुने वृहत प्रर्दशनका लागि तयारीलाई समेत तयारी दिइने छ।यता निष्काशनमा परेका मोर्चाका नेता प्रकाश गुरुङले भारतीय सञ्चारमाध्यमसँग पार्टीले निलम्बन गर्नु असंवैधानिक भएको उल्लेख गर्दै, अध्यक्षमा चुनिएका तामाङलाई पार्टीले यसअघि नै निष्कासित गरिसकेकोले यो निर्णय मान्य नहुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.