भोजपुर-उदयपुर जोड्ने रानीटार सुनकोसीमा पक्की पुल नहुँदा समान तार्न समस्या

|

उदयपुर : झट्ट सुन्दा सबैलाई अच्चम लाग्छ, ६० किलोमिटर दूरीको सडकमा एक ट्याक्टर सामान ढुवानी गर्दा भाडा ५० हजार लाग्छ। तर, तीतो यथार्थता हो, उदयपुरको वेल्टारबाटरबाट भोजपुरको आमचोक गाँउपालिका जोड्ने एक ट्रयाक्टर सामान ढुवानी गर्न परे ५० हजार लाग्छ। त्यो पनि हिउँदमा मात्र हो वर्खायामको सयममा त, उक्त सडक ठप्पनै हुन्छ।

 सुनकोसी नदीमा झोलुंगे पुलबाट वारिपारि समान ओसारपोसर गरेर भरियाले प्रतिकिलो एक रुपैयाँ कमाउने गरेका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबाटरबाट भोजपुरको आमचोक गाउँपालिका जोड्ने सडकमा पर्ने सुनकोसी नदीमा पक्की पुल नहुँदा भरियाले प्रतिकिलो एक रुपैयाँ लिने गरेका हुन्।

भोजपुरको आमचोक गाँउपालिकासम्म जोड्ने उक्त सडकको चौदण्डीगढी नगरपालिकाका १ रानीटारमा सुनकोसी नदी पर्दछ। रानीटारमा केही केही वर्ष अघि मात्र बनेको पुल झोलुंगे बनेको छ। त्यही पुलबाट विभिन्न सामान ढुवानी गरेर कमाउनु त्यस क्षेत्रका सर्वसाधरणको लागि रोजगारी हो।

बेल्टार बजारबाट भोजपुरका लागि आएको समान सुनकोसी नदी तारेर पारी पुर्‍याएको प्रतिकिलो एक रुपैयाँ लिने गरेको रानीटारका स्थानीय सुनिता विकले बताइन्। ‘नदीको वारिपारि दुवैतिर सडक सञ्जाल जोडिएको छ,’ उनले भनिन्, ‘झोलुंगे पुल मात्र भएकाले हामीले ज्यालास्वरुप प्रतिकिलो एक रुपैयाँ लिने गरेका छौँ।’

वारिपारि कच्ची सडक सञ्चालनमा भए पनि पक्की पुल नहुँदा भरियालाई रोजगारी प्राप्त भएको छ। दैनिक रुपमा एकजनाले १ हजारदेखि ३० हजारसम्म सामान बोक्न पाउने गरेको बोक्ने भरियाहरु बताउँछन्। भोजपुर सदरमुकामदेखि उत्तर दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाँउपालिकाको नजिकको बजार उदयपुरको बेल्टार पर्दछन्।

‘हामीलाई भोजपुरबजारबाट भन्दा बेल्टार बजारबाट समान खरिद गरेको सस्तो पर्छ,’ आमचोक गाउँपालिकाको केन्द्र बालंखामा खुद्रा पसलको व्यवसाय गर्ने कौशिका कार्की राईले भनिन्, ‘सुनकोसी नदीमा प्रतिकिलो एक रुपैया तिरेर पारि पुर्‍याउँदा पनि यतिकै सामान सस्तोमा ढुवानी हुन्छ।’

उनका अनुसार बेल्टार बजारबाट रानीटारसम्म जम्मा २८ किलोमिटर कच्ची सडक छ भने  रानीटारमा पर्ने सुनकोसी नदीबाटबो आमचोक गापाको केन्द्र वालंखा १४ किलोमिटरको दूरीमा पर्दछ। यता, भोजपुरको सदरमुकामबाट आमचोक गापाको केन्द्र बालंखाबाट ७० किलोमिटरभन्दा लामो दूरीमा पर्छ। ‘यता उदयपुरतिर आएर भोजपुर सदरमुकाम गए छिटो पुगिन्छ,’ रानीटारबाट आमचोक गापा बोलेरो जिप चलाउँदै आएका देवकुमार राईले भने, ‘उदयपुरतिर आउने सडकभन्दा भोजपुर जाने सडक धेरै खराव छ।’

बेल्टारबाट लोड गरेर ढुवानी गरेको सामान रानीटारमा अनलोड गरी पारी पु¥याएर पुन लोड गर्ने मुख्य बाध्यता छ। दुई मिटरको दुरी रहेको झोलुंगे पुललाई अहिले त्यहाँ सर्वसाधरणले कामाइखाने माध्यम बनाएका छन्। ‘दसैँ तिहारामा सबैभन्दा धेरै सामान बोक्न पाइन्छ,’ रत्नकुमारी श्रेष्ठले भनिन्, ‘हामी सधैँ पालो गरेर बोक्ने गरेका छौं।’

रानीटारदेखि भोजपुर र बेल्टार बजार जोड्ने सडक पनि कच्ची छ। हिउँदमा सवारीसाधन चले पनि बर्खा याममा बन्द हुने गरेको छ। प्रतिकिलो एक रुपैयाँको दरले भरियालाई तिरेर आमचोक गाँउपालिका पुग्दा एक ट्याक्टर सामानको ढुवानी खर्च ४० हजारभन्दामाथि हुने गरेको व्यवसायी कौशिका राईको गुनासो छ।

 ‘खाद्यान्नअन्तर्गत पर्ने चाउचाउ, चामल, लत्ताकपडा, साबुन लगायतका समान ढुवानीमा प्रतिकिलो एक रुपैँया तिर्दा हुन्छ,’ थाहा खबरको कुराकानीमा उनले भनिन्, ‘विभिन्न विकासे योजनाका काममा रड, सिमेन्ट खरिद गर्नु परे उपभोक्ता समिति तथा ठेकेदारले पैसा विनियोजन गुर्न पर्दछ।’

यस्तो छ पक्की पुलको कथा

भोजपुर र उदयपुर जोड्ने रानीटारमा रहेको सुनकोसी नदीमा ०५६ सालदेखि पुल बन्ने हल्ला थियो। भोजपुरको आमाचोक गापा र रामप्रसाद राई गाउँपालिका २० भन्दा साविका गाविसका सर्वसाधारण पुल बन्ने आशामा थिए।

बल्लबल्ल दुवैतिर सडक सञ्जाल जोेडिए पनि सुनकोसी नदीमा पुल नहुँदा पाउने दुःख हटेन। बर्खायाममा बन्द हुने भए पनि हिउँदमा नियमित रुपमा सवारीसाधन चल्छन्। बर्खायाममा बन्द हुने र हिउँमा चल्ने सडकलाई मर्मत सम्भार गर्ने र सुनकोसीमा पुल बनाउने दुवै जिल्लाका नेताहरुले चुनावको वेला नारा लगाइरहन्छ।

गएको ०७३ असार ३० गत निर्माणको काम रसुवा स्वच्छन्द पप्पुल जेभी काठमाडौंले पाएको थियो। तर, जब चुनाव आउछ त्यही वेला शिलन्यास उद्घाटन हुने परम्पराले यो पुलमा पनि छोएको भोजपुरकी स्थानीय शिक्षिका नन्दी राईले गुनासो गरिन्। ‘एक वर्ष अघिबाट पुल निर्माण सुरु हुनुपर्ने हो,’ उनले भनिन्, ‘दसैँ अगाडि प्रधामन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे, निर्माण कार्यमा एक वर्ष ढिलाइ भइसक्यो, अहिलेसम्म ठेकेदार आएको छैन, कहिले बन्छ त पुल।’

२२ करोड २५ लाख लागतमा सम्पन्न गर्नुपर्ने छ। ५ स्पान भएको पुल २ सय मिटर लम्बाइ र १० दशमलव ५ मिटर चौडाइ हुनेछ। एक वर्ष ढिलाइ हुँदा पनि पुल बन्ने आस सर्वसाधारणले मारेका छैनन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.