|

काठमाडौं : जनरल प्राक्टिस तथा इमेजेन्सी मेडिसिन विशेषज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन मंसिर ९ र १० गते काठमाडौंमा हुने भएको छ।

काठमाडौंको र्‍याडिसन होटलमा नेपालमा हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट ४ सय भन्दा बढी र दक्षिण एसियाका २२ देशका १ सय ५० भन्दा  बढी जनरल प्राक्टिस र इमर्जेन्सीका चिकित्सहरु सहभागी हुने आयोजकले जनाएको छ। दुई दिनसम्म चल्ने सो कार्यक्रमको शनिवार साझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलन आयोजक समिति संयोजक प्रा. डा. प्रतापनारायण प्रसादले जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञहरुको मुख्य भूमिका रोगहरुको उपचार गर्नु मात्र नभइ यसको बिस्तारित विश्वव्यापी स्वास्थ्यको हेरचाह भएको हुनाले आफूहरुले सम्मेलनको आयोजना गरेको बताए।

यस्तै नेपालमा इमर्जेन्सी मेडिसिन र उपचारको महत्व बढ्दै गएको भन्दै यस क्षेत्रमा काम गर्ने चिकित्सहरुको क्षमताको विकास गर्न यस सम्मेलनले ठूलो टेवा पुर्‍याउने बताए। उनले भने 'पछिल्लो समय तत्काल विरामी भएर इमर्जेन्सी उपचार गराउन आउने विरामीहरुको संख्या बढिरहेको बेलामा यस क्षेत्रमा काम गर्ने चिकित्सकहरुलाई यस्तो सम्मेलनले धेरै कुरा सिकाउँछ।'

नेपालमा १९८२ देखि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा जनरल मेडिसिन विषयको पढाइ सुरु भएको थियो। हाल आइओएमसहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेशनल मेडिकल कलेज वीरगञ्जमा जनरल इमर्जेन्सी मेडिसिन विषयको पढाइ हुँदै आएको छ।

जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकहरुको संस्था सन् १९९० मा स्थापना भएको थियो। नेपालमा चिकित्सा क्षेत्रको पोष्ट ग्र्याजुएट्स तहको पहिलो पढाइ यही विषयबाट सुरु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.