|
फाइल फोटो

चितवन: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति र स्थायित्वका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन्।

मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको जनसभालाई सम्बोधन गर्दै ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको दाबी गरे।अध्यक्ष ओलीले देश बनाउन पाँच वर्ष स्थायी सरकार निर्माण गर्ने र देशमा विकासको लहर सृजना गर्ने बताए।

कम्युनिष्ट सरकार बन्ने भयो भनेर नआत्तिन उनले कांग्रेसलाई आग्रह पनि गरे। वाम गठबन्धनले समृद्ध नेपाल, सुखी नेपाली बनाउने देशव्यापी अभियान सृजना गरेको ओलीको भनाइ थियो।

अर्को एक प्रसंगमा ओलीले असली नेपाली कांग्रेसले नेपाली कांग्रेस छोडिसकेको भन्दै कांग्रेसको व्यवहारकै कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस छोडेको बताए। उनले वाम गठबन्धनमा आउने कांग्रेसको ओइरो लागेको दाबी पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.