|

चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि रौतहटको बम काण्डमा घाइते भएका बिरामी सरिता राई र उनका छोरा जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार गराइरहेका उनीहरूलाई मंगलबार साँझ अस्पतालमा पुगेर भेट गर्दै प्रचण्डले उपचार राम्रो भइरहेकाले चाँडै निको हुने भन्दै सान्त्वना दिए।

तीन दिनअघि मात्र एक्ला सुपुत्र प्रकाश दाहाल गुमाएका अध्यक्ष दाहालले घाइतेलाई भेटेर भने, ‘सन्चो हुन्छ, धैर्य गर्नुहोस्।’ 

सो क्रममा दाहालसँग घाइते राईले आफ्नो घरमा केही छैन भन्दै निको हुन्छ कि हुँदैन भनेर चिन्ता प्रकट गरेकी थिइन्। 

मंसिर ४ गते अज्ञात समूहको आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं. १४ र १५ मा उपचार भइरहेको छ।

पुत्रशोकमा रहेका अध्यक्ष दाहाल मंगलबार चितवनमा वाम गठबन्धनले आयोजना गरेको पुत्र प्रकाशको श्रद्धाञ्जलिसभा कार्यक्रममा सरिक भएका थिए।

सो क्रममा मलिन देखिएका दाहालले सम्बोधन भने गरेनन्। परिवारसहित आएका प्रचण्डले छोरा प्रकाशको तस्वीरमा फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.