|

चितवन :  पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनको शोकमा मंगलबार वाम गठबन्धनले चितवनमा शोकसभा आयोजना गरेको थियो। शोधसभामा प्रचण्डसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले नेता माधवकुमार नेपाल, माओवादी नेता रामबहादुर थापा बादल, अमिक शेरचन, मातृका यादव, एमाले नेता सुरेन्द्र पाण्डे लगायत पनि सहभागी थिए।

कार्यक्रमको सुरुमा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमका सबै वक्ताहरुले दाहालको निधनप्रति दुःख व्यक्त गरेका थिए। निकै पीडामा देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोलेनन्।

कार्यक्रममा दाहाल, उनकी पत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी थिए। कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहेकी थिइन्। कार्यक्रमको बीचमा उनी कार्यक्रमबाट बाहिरिइन्।

शोकसभाका केही फोटोहरु हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.