|
फाइल फोटो

काठमाडौं : निर्वाचनविरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग गम्भीर चासो प्रकट गरेको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदातालाइ आश्वस्त पार्नेगरी काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिए। ‘निर्वाचन बिथोल्न छिटपुट घटना गराइएका छन्’, निर्वाचन आयुक्त सुधीरकुमार शाहले भने, ‘त्यही सन्दर्भमा अहिलेसम्मको सुरक्षास्थिति र कहाँ–कहाँ सुरक्षा कमजोरी छ भन्नेबारे समीक्षा गरिएको हो।’

स्थानीय निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि नेपाली सेनालाई थप सक्रिय बनाउने तयारी छ। यसअघिका निर्वाचनमा सुरक्षाको तेस्रो घोमा रहेको सेनालाई यसपटक संयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी छ।

स्थानीय निार्वाचनमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रोमा सेना खटिएका थिए। तीनवटै सुरक्षा निकायबीच समन्वय रहे पनि गस्ती अलग–अलग थियो। आयुक्त शाहले नेपाली सेनाको नेतृत्वमा संयुक्त गस्ती परिचालन हुने बताए। सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सेनाले आवश्यकताअनुसार हवाइ पेट्रोलिङसमेत गर्ने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.