|

काठमाडौं : साविकको विजेता रियल मड्रिडले शानदार जित दर्ता गर्दै च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा स्थान पक्का गरेको छ।

गएराति भएको खेलमा रियलले एपोइल निकोसियालाई ६-० गोल अन्तरले पराजित गर्‍यो। रियलको जितमा क्रिस्टियानो रोनाल्डो र करिम बेञ्जिमाले समान २ तथा लुका मड्रिक र नाचो फर्नान्डेजले १-१ गोल गरे। समूह एचमा रहेको रियल जितसँगै ५ खेलबाट १० अंक जोडेर समूहको दोस्रो स्थानमा छ। एउटा समूहबाट २ टोली अघिल्लो चरणमा जानेछन्।

समूहको पहिलो स्थानमा रहेको टोटनह्याम हट्सपरले गएराति नै बोरुसिया डर्टमुण्डलाई २-१ गोल अन्तरले पारजित गर्‍यो। टोटनह्यामको जितमा ह्यारी केन र हिङमिङ सोनले बललाई जाली चुमाए। डर्टमुण्डका लागि एकमात्र गोल अबुमेयाङले गरे।

जितसँगै टोटनह्यामको १३ अंक पुगेको छ। २-२ अंकमा सिमित डर्टमुण्ड र निकोसिया समूह चरणबाटै बाहिरिएका छन्। समूह विजेताको टुंगो समूहको अन्तिम चरणको खेलबाट लाग्ने छ।

समूह जीअन्तर्गत गएराति भएका खेलमा लेप्पजिङले मोनाकोलाई ४-१ ले पराजित गर्दा पोर्टो र बेसिक्टासले १-१ गोलको बराबरी खेलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.