|

सुनसरी : आर्थिक अनियमितता भएको गरेका उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले इटहरी उपमहानगरपालिकाको कागजपत्र नियन्त्रमा लिएको छ। अख्तियारका शाखा अधिकृत विष्णु थेगुवाको नेतृत्वमा पुगेको टोलीले निवेदनमाथि परेका काजजात नियन्त्रणमा लिएको हो।

अख्तियारमा परेको उजुरीको आधारमा आर्थिक वर्ष २०७३\७४ मा उपमहानगरले खरिद गरेको विद्युतीय चिममा ठूलो आर्थिक नोक्सानी पुयाएको आरोपअनुसार सम्बिन्धित फाइल नियन्त्रणमा लिएको थेगुवाले जानकारी दिए। उनका अनुसार अख्तियार कार्यालयमा केही दिन अघि इटहरी नगरक्षेत्रमा जडान गर्न भनि एक महिनाअघि किनिएका विभिन्न विद्युत क्षमताका सीएफएल चिम तथा सेटमा लाखौँको घोटाला भएको उजुरी परेको थियो।

सामान खरिदमा बजारको मूल्यभन्दा ५ सय प्रतिशत बढी तिरेको पाइएको भन्दै इटहरी ४ का सुनिल कार्की, राजन भट्टराई र हिरा आचार्यले इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यलयमा लिखित उजुरी दिएका थिए। इटहरी उपमहानगरपालिकाकी प्रवक्ता एवं उपप्रमुख लक्ष्मी गौतमले अख्तियारले केही कागजपत्र लिएर गएको जानकारी दिइन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.