|

रूपन्देही : वाम गठबन्धनले बुधबार दिउँसो बुटवलमा सभा गर्दैछ। मध्याह्न १२ बजेपछि हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए। 

पुत्रशोकपछि प्रचण्डले पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गरेन लागेको उनले जानकारी दिए। यसअघि मंगलबार चितवनमा भएको सभामा प्रचण्डले सम्बोधन गरेका थिएनन्। सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आउने भएपछि बुटवल र आसपासको सुरक्षा कडा बनाइएको छ। 

देशव्यापी अभियान अन्तर्गत हुने सभालाई सम्बोधन गर्न नेताहरू हेलिकोप्टरबाट बुटवल आउने र बुधबार दाङमा हुने सभामा जाने भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.