|

भद्रपुर (झापा) : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै झापाको सीमावर्ती क्षेत्रमा विशेष निगरानी बढाइएको छ। भारतको विहार तथा बंगला राज्यसंग जोडिएका खुला सिमानाहरुमा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

निर्वाचनका लागि प्रहरी प्रशासनले चुनावी सुरक्षाको लागि नयाँ रणनीति समेत बनाएको छ।  भारतीय सीमावर्ती क्षेत्रबाट भित्रिनसक्ने  विस्फोटक पदार्थ, हातहतियार, लागुऔषधका लागि छुटै निगरानी बढाइएको छ। झापाको पूर्व नाका काकँडभिट्टामा प्रहरीले 'डग मिसन' सुरु गरेको छ। 

प्रदेश नम्बर १  प्रहरी कार्यालय विराटनगरबाट नायब निरीक्षक दयानन्द श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले नाकामा कुकुरमार्फत निगरानी थालेको हो। भारतबाट कुनै समयमा पनि विस्फोटक पदार्थ, हातहतियार भित्रिन सक्ने भन्दै विशेष निगरानीका बढाइएको इलाका प्रहरी कार्यालय काकँरभिट्टाका नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णुकुमार केसीले काकँडभिट्टासहित जिल्लाका प्रत्येक सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउन सम्बन्धित इलाका, वडा, सीमा र प्रहरी चौकीका इञ्चार्जहरूलाई निर्देशन दिइसकेको बताए। साथै भारतीय प्रहरी र एसएसबीसँग सहकार्य गरी सीमा सुरक्षालाई दुरुस्त बनाउन आदेश दिइसकेको केसीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.