|

रामेछाप : स्थानीय प्रशासनले रामेछापको सुनापति गाउँपालिका–४ बेथानमा लगाएको निषेधित क्षेत्र फुकुवा हुने भएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसेर निषेधित क्षेत्र घोषणा फुकुवा गर्ने तयारी भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामेछानेले बताए।

निर्वाचनमा जनतासँग मत माग्ने अधिकार राजनीतिक दलहरुसँग भए पनि सम्भावित झडपलाई मध्यनजर गर्दै बेथानलाई निषेधित क्षेत्र घोषणा गरिएको लामिछानेको भनाइ छ। प्रशासनले वाम गठबन्धनले मंगलबार बेथानमा गर्ने भनिएको कार्यक्रममा झडप हुने भन्दै चुनावी सभा रोक्न सोमवार निषेधित क्षेत्र घोषणा गरेको थियो। 

आफूहरुको कार्यक्रमलाई लक्षित गरी स्थानीय प्रशासनले बेथानलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै वाम गठबन्धनले मंगलवार जिल्लाको विभिन्न स्थानमा विरोधसभा गरी निर्णय फिर्ता लिन दबाब दिएको थियो। रामेछाप जिल्लाका जिल्लाको सुनापति गाउँपालिकाको बेथानमा मंगलबार गर्न लागेको जनसभालाई प्रशासनले रोकेको भन्दै सदरमुकाम मन्थलीमा गठबन्धनले आयोजना गरेको विरोधसभामा वाम गठबन्धनका उम्मेदवारहरूले विनाकारण निषेधित क्षेत्र घोषणा गरेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.