|

नुवाकोट : नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली कांग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ।

घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए।

शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ। आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि नेता थापालाई नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारीले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.