|

रुपन्देही : एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनको चुनावी सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन्।

पुत्रशोकमा परेका प्रचण्डले सम्बोधन गर्ने भनिए पनि आज हुने सभामा माओवादी केन्द्रको तर्फबाट निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा बादलले सम्बोधन गर्ने जानकारी आएको एमाले केन्द्रीय सदस्य एवम् आमसभा परिचालन कमिटी संयोजक खिमलाल भट्टराईले जानकारी दिए।

‘सुरुमा हामीलाई प्रचण्ड आउनुहुन्छ, भन्ने जानकारी आएको थियो,’ उनले भने, ‘पारिवारिक कारणले प्रचण्ड नआउने र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल आउने भन्ने जानकारी आएको छ।’ प्रचण्ड बुटवलमा आउने भन्दै माइकिङ तथा ब्यानर बनाएर प्रचार गरिएको थियो। 

वाम गठबन्धनले आज रुपन्देहीको बुटवल, कपिलवस्तुको जितपुर, इमिलिया, दाङको घोराही र तुलसीपुरमा चुनावी सभा गर्दैछ। ती सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए।

सभाहरुको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.