|

सुनसरी : इलाका प्रहरी कार्यालय इटहरीले विप्लव माओवादीसँग संलग्नता रहेको भन्दै ७० वर्षीय जेष्ठ नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले मंगलबार राति इटहरी ९ स्थित बिपी चोक क्षेत्रबाट स्थानीय ज्योति प्रसार्इंलाई नियन्त्रणमा लिइएको हो।  जेष्ठ नागरिक प्रसाईंलाई उनकै घर बिपीचोक क्षेत्रबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसअघि, सुनसरीका विभिन्न ठाउँबाट विप्लव माओवादीका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन बिथोल्न विभिन्न स्थानमा विष्फोटनका घटना बढेपछि विप्लव माओवादी कार्यकर्तामाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।                                                                                                               

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.