|
फाइल फोटो

काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केही ठाउँमा देखिएको सुरक्षा चुनौति पनि सम्बोधन भइसकेको उल्लेख गर्दै अब ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन्।

आइतबार पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबारे संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आममतदाता डर, भय र त्रासमुक्त भएर मतदातामा भाग लिन आतुर देखिएको बताए। प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भइसकेको पनि उल्लेख गरे। सबै ठाउँमा सुरक्षाको सुदृढ व्यवस्था गरिएको उनको स्पष्टोक्ति छ।

साथै उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गर्न सञ्चार माध्यामको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन सञ्चारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा उनको जोड छ।

निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.