|

काठमाडौं : नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने गरी फिल्म निर्माण हुने भएको छ। सवीर श्रेष्ठले निर्देशन गर्ने उक्त फिल्मको नाम 'बाँध मायाले' राखिएको छ। यसै सातादेखि सुरु हुने फिल्मको छायांकनको लागि फिल्म युनिट यतिवेला छायांकनस्थल नवलपरासी पुगिसकेको छ।

लेखकसमेत रहेका निर्देशक श्रेष्ठले 'बाँध मायाले'लाई आफ्नो ड्रिम प्रोजेक्ट मानेका छन्। 'लामो तयारीपछि हामी सुटिङमा निस्किएका हौं', निर्देशक श्रेष्ठले भने, 'दर्शकले चाहेजस्तो फिल्म बनाउँछु।' फिल्म पूर्णरुपमा लभ स्टोरी बन्ने सवीरको भनाइ छ।

निर्देशक श्रेष्ठको 'काइट्स इन्टरटेन्मेन्ट प्रालि'को प्रस्तुति रहने 'बाँध मायाले'मा रामहरि धिताल र विभिसीका श्रेष्ठ निर्माताको रुपमा रहेका छन्। फिल्ममा सहनिर्माताको रुपमा महेन्द्र अधिकारी र केदारप्रसाद धिताल छन्।

बाबु श्रेष्ठको छायांकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङको अभिनय रहनेछ भने यसै फिल्मबाट किशोर खड्काले फिल्म नगरीमा डेब्यु गर्दै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.