|

इलाम : मेची राजमार्गअन्र्तगत सूर्योदय नगरपालिका– १० फिक्कलमा ट्रकको ठक्करबाट मोटरसाइलकमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँ जिल्ला व्यास नगरपालिका– १ निवासी वर्ष २७ का सरद पौडेल र मोटरसाइकलमा सवार इलाम जिल्ला देउमाई नगरपालिका ५ निवासी वर्ष २५ की अस्मिता राई रहेका छन्।

इलामबाट झापातर्फ गइरहेको मे१ख १९४२ नम्बरको ट्रकले झापाबाट इलामतर्फ आइरहेको ग१२प ४८३ नम्बरको मोटरसाइकलमा मोटरसाइकललाई ठक्कर दिएको प्रहरी चौकी फिक्कलमा इञ्र्चाज पवन रायमाझीले जानकारी दिए।

मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। फिक्कल चोकनजिक भएको दुर्घटनाको अनुसन्धानका लागि ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.