|
फाइल फोटो

विराटनगरः उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुरक्षा समितिको निर्णयअनुसार सेनासहितका सुरक्षा निकायलाई थप सक्रिय बनाई सुरक्षित, स्वच्छ, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण वातावरणमा मंसिर १० र २१ गते हुने निर्वाचन सम्पन्न गरिने बताएका हुन्। 

गच्छदारले मुलकका केही क्षेत्रमा भएको निर्वाचनविरोधी गतिविधिका कारण निर्वाचनको मिति नसर्ने बताउँदै वर्तमान सरकार निर्वाचनमा शान्ति सुरक्षा कायम राखी स्वच्छ वातावरणमा सम्पन्न गर्न दृढ रहेको जानकारी दिए। 

सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री गच्छदारले शान्ति सुरक्षालाई ध्यानमा राखी सरकारले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गर्नु सामान्य भएको बताए। अतिआवश्यक सेवामा रहेका कर्मचारीलाई सरकारले चाहेको बखत सरुवा गर्न सक्ने उनको भनाइ थियो।

आगामी २१ गते दोस्रो चरणको निर्वाचन हुने जिल्लामा नेपाली कांग्रेस र मधेसवादी दलबीच सिटको तालमेल र सहकार्यको कुराकानी भइरहेको भन्दै उनले अन्तिम समयसम्म भए पनि तालमेल हुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.