|

काठमाडौं: नेपाल प्रहरीका उच्च अधिकारीहरूको बढुवा गरिएको छ। पहिलो चरणको मतदानको मुखैमा चार प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको हो।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डीआईजीबाट एआईजीमा बढुवा गरेको हो।

गृहमन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा बुधबार मन्त्रीपरिषद् बैठकले दुई प्रदेशका प्रहरी प्रमुखसमेत सरुवा गरेको छ।

बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी विजय भट्टलाई सरुवा गरेको हो। मिङमारलाई प्रहरी प्रधान कार्यालयमा तानेर उनको ठाउँमा डीआइजीबाट एआईजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ। बुधबार नै एआइजी बढुवा भएका  माधव नेपाललाई ७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरिएको छ।

प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.