जुम्ला : जुम्लाको पातारासी गाउँपालिका–६ का एक व्यक्तिले आफ्नै नाबालक छोराको हत्या गरेका छन्। बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार ६ महिनाको छोराको टाउको ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए।
एक वर्षअघि कतार बसेर आएका उनले छोरालाई मारेर आफूसमेत सूसाइड गर्ने भन्दै नोटसमेत लेखका छन्। सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए।
बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।