|

दार्चुला : निर्धारित समयको ६ वर्षपछि बिहीबार चमेलिया हाइड्रो पावरको विद्युत् लाइन प्रसारण हुँदैछ। मेसिनहरू परीक्षण गरेपछि दिउँसो ११ देखि १२ बजे १३२ केभी लाइस प्रसारण हुने आयोजना प्रमुख अजय दहालले जानकारी दिए।

सिभिल काम थोरै बाँकी रहेकाले नियमित प्रसारण भने डिसेम्बर पहिलो साता मात्रै सुरु हुने भन्दै आयोजना प्रमुख दाहालले अपि हाइड्रोपावरको लाइन पनि केही दिन १३२ केभीमा जोडिने बताए।

अहिलेसम्म अपि हाइड्रोपावरले ३७ केभी प्रसारण लाइनमा विद्युत प्रसारण गरेको थियो। नियमित प्रसारणका लागि भने केही समय पर्खिनु पर्नेछ। ‘ड्याम साइड’मा मर्मत कार्य बाँकी रहेकाले डिसेम्बर पहिलो साताबाट मात्रै नियमित विद्युत प्रसारण हुने आयोजना प्रमुख दाहालले जानकारी दिए।

अहिले १५–१५ मेगाबाट दुई मेसिन पालैपालो सञ्चालनमा ल्याएर प्रसारण परीक्षण गर्न लागिएको हो चिनियाँ कम्पनीले सिभिल मर्मत कार्य सकिएको सूचना दिएलगत्तै नियमित प्रसारण गरिने दाहालको भनाइ छ।

सन् २००७ बाट सुरु भई सन् २०११ को डिसेम्बरमा पूरा हुने लक्ष्य राखेको यो आयोजनाको म्याद तीन पटक  थप गरी सन् २०१७ को डिसेम्बर अन्त्यमा निर्माण सम्पन्न हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.