|

संखुवासभा : हिमाली जिल्ला संखुवासभामाको एक मात्र नाका किमाथांका मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि ४ दिनसम्म बन्द रहने भएको छ। चीनबाट नेपालतर्फ र नेपालबाट चीनतर्फ आवतजावत पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन घिमिरेले बताए।

सदरमुकामबाट पैदल ४ दिनको यात्रामा पुगिने दुर्गम भोट खोला गाउँपालिकाका स्थानीयलाई जिल्ला प्रशासन कार्यालय संखुवासभामार्फत स्थानीय प्रशासनले अत्यावश्क खाद्य सामग्री जोहो गर्नसमेत यसअघि नै सचेत गराएको थियो।

चीनले सरकारले किमाथांकाबाट नाका बुधबार र शनिबार मात्र प्रवेश अनुमति दिँदै आएको छ। किमाथांका, भोटखोला, हटिया चेपुवाका अधिकांश बासिन्दा चिनियाँ बजारमै निर्भर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.