|

दाङ : दाङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ। आफ्नै घरको आँगनमा सर्पले डसेर दंगीशरण गाउँपालिका वडा नं. ४ का ४५ वर्षीय लक्ष्मण चौधरीको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ। मदिरा खाएका चौधरीले सर्प समात्न लाग्दा डसेको प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन्।

सर्पले डसेपछि घरमै झारफुक गरेको र अन्तिम अवस्थामा अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको एसपी सिंहले बतान्। त्यस्तै अटोरिक्सा दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हनेमा दाङको दंगीशरण गाउँपालिका ६ का ३२ वर्षका सञ्जयविक्रम नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

तुलसीपुरदेखि श्रीगाउँ जादै गरेको ना २ ह ६०५० नम्बरको अटो रिक्सा कुमालगडी भन्ने ठाउँमा बुधबार पल्टिएको हो। दुर्घटनामा परी घाइते नेपालीको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक सुनिलजंग शाहले जानकारी दिए। अटो रिक्सा र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.