|

सुनसरी :  सुनसरीको इटहरी ५ स्थित जनता बस्तीमा बिहीबार दिउँसो बम विस्फोट भएको छ। वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विष्फोट भएको सभास्थलमा रहेकी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन्।

चुनावी सभामा पूर्वसांसद रेवतीरमण भण्डारीले सम्बोधन गरिरहदा बम विस्फोट भएको गौतमले बताइन्। विस्फोटबाट कुनै मानवीय र भौतिक क्षति भएको छैन। आतंक सिर्जना गर्ने हिसाबले बम विस्फोटन गराइएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिए। घटनाको अनुसन्धान भइरहेको र विस्फोट गराउने समूहको खोजी भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.