|

बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्या मुस्लिमलाई स्वदेश फिर्ता लिन म्यानमार सहमत भएको छ। बिहीबार बंगलादेश र म्यानमार सरकारबीच रोहिंग्या शरणार्थीको घरफिर्ता लिने विषयको एक सम्झौता पत्रमा दस्तखत भएको छ।

म्यानमारको रखाइन प्रान्तमा म्यानमारको सेनाले गरेको कारबाही पछि रोहिंग्या मुस्लिम समुदायका छ लाख भन्दा बढी मानिस बंगलादेशमा शरणार्थी बनेका थिए।

सम्झौताबारे विस्तृतमा नबताइए पनि म्यानमारका सरकारी अधिकारीहरुले राजधानी नेपीडोमा हस्ताक्षर गरेको बीबीसीले लेखेको छ। लाखौं म्यानमारका शरणार्थी राखेको बंगलादेशले सम्झौतापत्रमा गरेको हस्ताक्षरलाई म्यानमारको पहिलो कदम भनेको छ।

म्यानमारले भने रोहिंग्या मुस्लिमहरुलाई जतिछिटो हुन्छ फिर्ता लिन तयार रहेको बताएको छ। तर मानवअधिकारवादीहरुले रोहिंग्या मुस्लिमहरुको म्यानमारमा सुरक्षाको सुनिश्चितता नगरी जबरजस्ती फिर्ता गर्न खोजेकोमा चिन्ता जाहेर गरेका छन्।

लामो समय म्यानमारमा दमनमा परेका रोहिंग्या मुस्लिम समुदायको मुख्य बसोबार रखाइन प्रान्तमा रहेको छ। जहाँ केही महिनाअघि सरकारी सेनाले हिंसा मच्चाएको थिए। जसलाई संयुक्त राष्ट्रसंघ लगायतले नरसंहारको संज्ञा दिएको थियो। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले रोहिंग्या मुसलमानविरुद्ध म्यानमार सेनाले गरेको कारबाहीलाई जातीय नरसंहार भनेका थिए।

रोहिंग्या मुस्लिममाथि सेनाले गरेको हिंसालाई लिएर म्यानमारकी नेतृ आङसाङ सुकीको व्यापक विरोध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.