|

सुनसरी : वाम गठबन्धनबाट सुनसरी १ बाट प्रतिनिधिसभाका उम्मेदवार जयकुमार राईको घरमा अपरिचित समूहले बम विस्फोट गराएको छ। बिहीबार साँझ राईको घरमा बम विस्फोट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। विस्फोटबाट मानवीय र भौतिक क्षति नभएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी रामेश्वर पौडेलले बताए।

बम पर्खालमा लागेका कारण सामान्य क्षति पुगेको डिएसपी पौडेलले बताए। विस्फोट गराउने समूहको खोजी भइरहेको डिएसपी पौडेले बताए। पछिल्लो समय उम्मेदवारहरुलाई त्रासमा पारेर चुनाव बिथोल्न खोज्नेहरुले विभिन्न स्थानमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ। यसअघि बिहीबार दिउँसो नै इटहरी ५ स्थित जनता बस्तीमा वाम गठबन्धनको चुनाबी सभालाई लक्षित गरेर बम विस्फोट भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.