|

काठमाडौं : फिल्म ‘ह्यप्पी न्यू इयर’को ट्रेलर रिलिज भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सम्पुर्ण छायांकन अष्ट्रेलियामा गरिएको यो फिल्मको ट्रेलरमा माया प्रेम र द्वन्द्वको कथा देखाइएको छ।  

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा कुशल थापा र सन्ध्या केसीको मुख्य भूमिका रहेको छ। फिल्मको कथा पनि कुशलको नै हो। कार्यक्रममा बोल्दै निर्देशन श्रेष्ठले एउटा राम्रो र पुर्ण मनोरञ्जनको खुराक ‘हेप्पी न्यू इयर’ बनाउन खोजेको भन्दै दर्शकको मन जित्ने दाबी गरे।

प्रेम कथामा तयार भएको फिल्ममा रति थापाको लगानी रहेको छ। फिल्मलाई वेञ्जामिन ड्रेले खिचेको हुन्। फिल्म आउँदो पौष १४ अर्थात नयाँ वर्ष २०१८ को छेकोमा रिलिज हुनेछ।

हेर्नुहोस ट्रेलर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.