|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको स्मृतिमा बिहीबार प्रचण्ड परिवारले उनको निवास लाजिम्पाटमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न पार्टीका नेता, सरकारी अधिकारी, कुटनीतिक नियोगका अधिकारीहरु पनि सहभागी थिए। श्रद्धाञ्जली सभामा प्रचण्डको लिखित मन्तव्य माओवादी नेता श्रीराम ढकालले प्रस्तुत गरेका थिए। 

श्रद्धाञ्जली सभामा प्रचण्ड परिवारप्रति समवेदन व्यक्त गर्न र दिवंगत प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यकत गर्न ठूलो संख्यामा सर्वसाधारण समेत पुगेका थिए। उक्त कार्यक्रममा प्रचण्ड र उनकी पत्नी सीता दाहाल निकै शोकाकुल देखिएका थिए। उक्त श्रद्धाञ्जली सभाको केही फोटो हेर्नुस्

 

  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.