|
प्रतीकात्मक तस्विर

ताप्लेजुङ : अति दुर्गम स्थानका सबैभन्दा कम मतदाता रहेका केन्द्रमा मतपेटिका ढुवानी तथा कर्मचारी व्यवस्थापन गर्न करोडौं  रुपैयाँ खर्च हुने देखिएको छ।
फक्तालुङ गाउँपालिका–६ स्थित ग्याब्ला आधारभूत विद्यालयमा रहेको केन्द्रमा मतदान गर्न मतदाताको संख्या ४९ छ भने यो पटकको निर्वाचनमा २९ भन्दा कम मत खस्ने सम्भावना छ।

यसअघिको स्थानीय निर्वाचनमा २९ मत मात्र खसेको थियो भने यसपालि केही मतदाता जिल्लाबाहिर र केही गोठमा  नै बस्ने भएकाले अझै कम खस्नसक्ने अनुमा गरिएको छ। तर यो मतदान केन्द्रमा नौ जना कर्मचारी खटाउँदा करिब दुई लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ। मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने भएकाले सुरक्षा खर्चसहित करोड रुपैयाँ पुग्नसक्ने अनुमान छ।

५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका–७ को याङ्मा आधारभूत विद्यालय, एक सय ३१ मतदाता रहेको सोही गाउँपालिका– ६ को घुन्सा माविमा दुई सय २द्द मतदाता रहेको ओलाङ्चुङ्गोलाको मतपेटिका यो पटक हेलिकोप्टरबाट सदरमुकाम ल्याउने तयारी भएको छ। ती सबै केन्द्रमा नौ कर्मचारी परिचालन गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.