|

काठमाडौं : मुलुकको एकमात्र बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ। तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ।

यहाँ दुई नर्सले प्रत्येक दिन ५२ बिरामीलाई सेवा दिनुपर्छ। अस्पतालको मडिकल वाडर्म ५२ शय्या छन्। वार्ड संधैजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन्।

यो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडेर खटिँदा एक सिफ्टमा दुई जना पर्छ। ‘साप्ताहिक बिदा। सार्वजनिक विदा र सिफ्ट बाँड्दा ड्युटीमा दुई जनामात्र हुन्छौँ’, वार्डकी नर्स निर्मला रेग्मीले भनिन्।

अस्पतालकै पेइङ वार्डका ४० शय्याका लागि पनि दुई जनामात्र नर्स छन्। अस्पतालका अन्य वार्डाको अवस्था पनि उस्तै छ। ‘सबै वार्डमा नर्स अपुग छन्’, अस्पतालकी मेट्रोन निवारण जोशीले भनिन्, ‘नर्स अभावमा ५२ शय्याको सीआईसीयूमा ३४ प्रतिशत शय्यामात्रै सञ्चालनमा छन्।’ कामको चापले अस्पतालका नर्स संधै तनावमा हुन्छन्।

‘दुई जनाले पालैपालो औषधि दिँदा बिरामीले समयमा पाउनै सक्दैनन्’, नर्स हरिमाया वाग्ले भनिन्। नर्स तनावमा हुँदा गल्ती हुने सम्भावना पनि उतिकै हुने उनले बताइन्। ‘औषधिको मात्रा मिलेन भने बिरामीको ज्यान जोखिममा पर्छ’, उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.