|

डडेल्धुरा : एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा वाम गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्न बिहीबार साँझ पुगे। जिल्ला सदरमुकाममा वाम गठबन्धनले बिहीबार शक्ति प्रदर्शन पनि गरेको थियो । 

कांग्रेस र देउवालाई बलियो चुनौती दिनेगरी वाम गठबन्धनले सदरमुकाममा शक्ति प्रदर्शन गरेको हो। वाम गठबनधनका नेता तथा एमाले अध्यक्ष ओलीको उपस्थितिमा भएको चुनावी सभामा गाउँ–गाउँबाट  मानिसहरु सदरमुकाम आएका थिए।

वाम र कांग्रेस दुवैले प्रतिष्ठाका रूपमा लिएको डडेल्धुरामा शेरबहादुर देउवासँग लगातार हार्दै आएका माओवादी केन्द्रका नेता खगराज भट्टले यो पटक कडा टक्कर दिने देखिएको छ। कांग्रेसको किल्ला मानिने डडेल्धुरामा स्थानीय चुनावमा समेत एमाले र माओवादीले राम्रो नतिजा प्राप्त गरेका छ। त्यसैले दुई उम्मेदवारबीच पनि कडा प्रतिस्पर्धा आँकलन गरिएको छ।

हेर्नुहोस् वाम गठबन्धनको सभा (फोटोमा)–


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.