|

रसुवा : कालिका गाउँपालिका–२ स्थित चिउरीबोटमा प्रहरीले बिहीबार राति १३ राउण्ड हवाइ फायर गरेको छ। काभ्रेमा चुनावी प्रचार सकेर कालिकास्थान जाने क्रममा एमालेका कार्यकर्ताहरूलाई नयाँ शक्तिका कार्यकर्ताले आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनका लागि हवाइफायर गरेको प्रहरीले जनाएको छ। 

नयाँ शक्तिले मेस चलाएर बसेको चिउरीबोटमा ढुङ्गा राखेर बाटो अवरोध गरेका र एमालेका दुई गाडीमा आक्रमण गरेपछि रोक्न खोज्दा प्रहरीको गाडीमा पनि आक्रमण गर्न खोजेपछि हवाइफायर गरिएको प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीले बताए । 

आक्रमणका कारण बा १६ च ५७५४ नम्बरको स्कार्पियोमा क्षति पुगेको छ। घटनामा संलग्नलाई पक्राउ भने नगरिएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.