|

धनकुटा : धनकुटाको फुङसुवा खोलानजिक शुक्रबार बिहान वम विष्फोट हुँदा एकजना घाइते भएका छन्।

धनकुटा नगरपालिका वडा न ९ र खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका वडा नं. ७ को सिमानामा पर्ने फुङसुवा खोला क्षेत्रमा वाम गठबन्धनले शुक्रबार गर्ने भनिएको कार्यक्रमलाई लक्षित गरी वम विष्फोट गराइएको हो।

विष्फोटमा परि पैदलयात्री स्थानीय तेजबहादुर कार्की घाइते भएको स्थानीयले बताएका छन्। उनको अवस्था सामान्य छ। घटनापश्चात प्रहरी टोली घटनास्थलमा पुगेको धनकुटाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए।

वम विष्फोट कसले गराएको हो भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.