|

रसुवा : नेपाल र चीनबीचको व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। मंसिर १० गते पहिलो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै ७२ घण्टाका लागि नाका बन्द गरिएको हो।

सुरक्षालाई ध्यानमा राखी नाकामा आवागमन ७२ घण्टाका लागि बन्द गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। चीन जाने तयारीमा रहेका सयौं कन्टेनर नाका सिल गरिएसँगै प्रभावित भएको प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।

निर्वाचनलाई लक्षित गरी नाकामा सिल लगाइएसँगै जिल्लाको रसुवागढी टिमुरे, स्याफ्रु, धुञ्चे लगायतका स्थानमा सयौ कन्टेनर रोकिएका छन्। निर्वाचनको दिन प्रमुख जिल्ला अधिकारीबाट पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधनले आवतजावत गर्न नपाउने समेत जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकोे छ।

निर्वाचनमा अवाञ्छित क्रियाकलाप रोक्न सीमा नाका रसुवागढीमा जाँचमा कडाइ गर्नुका साथै गस्ती कार्यलाई समेत तीव्र पारिएको जनाइएको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.