|

बाँके : अग्नि ग्रुपले कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गरेर आफ्नो क्षेत्र विस्तार गरेको छ। प्रदेश नं ५ सँगै ६ र ७ मा सेवा प्रदान गर्न कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गरिएको ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले बताए।

उनले पश्चिम क्षेत्रका ग्राहकलाई सर्वसुलभ एवम् सहज तरिकाले गुणस्तरीय सेवा प्रदान गर्न क्षेत्रीय कार्यालय स्थापना गरिएको बताए। उनले कम्पनी केवल सवारी साधन बिक्री गर्नेमा मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस र स्पेयर पार्टसको सर्वसुलभ वितरणमा हाम्रो ध्यान केन्द्रित रहेको बताए।

ग्राहकको सन्तुष्टि मेटाउन कम्पनी प्रयासरत रहेको बताउँदै उनले चाहिएको बेला सर्वसुलभ तरिकामा समयमै ग्राहकलाई स्पेयर पार्टस् उपलब्ध गराई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य भएको बताए। ‘कम्पनी र ग्राहकबीचको सम्बन्ध विस्तार गर्न क्षेत्रीय कार्यालय कोहलपुरमा स्थापना भएको छ,’ उनले भने।

उनले क्षेत्रीय कार्यालयले अग्नि ग्रुपका डिलरहरुलाई मूलधारमा ल्याई गुणस्तरीय सेवा दिई छुट्टै अनुभव प्रदान गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए। सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालिले अग्नि इन्कर्पोरेटेड, अग्नि इनर्जी, अग्नि मोटो इन्क, बालाजु अटो वर्कस प्रालि रहेका छन्। यी कम्पनीले महिन्द्रा युटिलिटी भेइकल, ट्याक्टर, टु ह्वीलर, विद्युतीय कार तथा जेनेरेटरहरु बिक्री वितरण गर्दै आएका छन्। अग्नि ग्रुपले अग्नि ग्रुप कोस्टेन्ट ब्याट्री र केभिन इन्भर्टर समेत बिक्री गर्दै आएको कार्यकारी निर्देशक शर्माले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.