|

संखुवासभा : संखुवासभा जिल्लाको विकट  भोटखोला गाउँपालिका–२, थुदाममा कर्मचारी पुगे पनि मतदाता भने तराई छाडेर गाउँ पुग्न सकेका छैनन्। ४४ जना मतदाता रहे पनि चिसोको कारणले सो क्षेत्रबाट सुरक्षित स्थानतर्फ मतदाता झरेको वडा अध्यक्ष तेन्छेवी शेर्पाले बताए।

करिब ३ हजार मिटर उचाइमा रहेको दूधपोखरी आधाभूत विद्यालय, थुदाम मतदान केन्द्रमा मतदान अधिकृत गोपाल थापा सहितको ७ जनाको कर्मचारी टोली र २ जना स्वयमसेवक पुगेका छन्।

उच्च हिमाली क्षेत्र भएकाले चिसो बढेकाले सो क्षेत्रका मतदाता न्यून रहेको वडा अध्यक्ष शेर्पाले बताए। यसअघिको स्थानीय तहको निर्वाचनमा ४४ मतदातामध्ये १६ जनाले मात्र मतदान गरेका थिए। त्यसैगरी, ०७० मंसिरमा भएको संविधानसभा निर्वाचनमा पनि ३१ मतदाता रहेकोमा १३ मत मात्र खसेको थियो।

भोटखोलाका किमाथांका, हटिया, चेपुवा लगायतका स्थानियवासीहरु चिसो सुरु भएपछि तराई जाने गरेका छन्। विगतका निर्वाचनमा पनि न्यून मत खसेको थुदाममा चिसो बढेसँगै मतदाता नआउने होकि भन्ने चिन्ता लागेको मतदान अधिकृत गोपाल थापाले बताए।

जिल्लामा  १ सय ३ स्थानका १ सय ५३ मतदान केन्दमा  बिहीबार  सबै मतदान सामग्री र कर्मचारी पुगिसकेका छन्। मतदान सामग्री र कर्मचारीको साथमा सुरक्षाकर्मी समेतसँगै परिचालन गरिएको छ। यस जिल्लामा  निर्वाचनका लागि १२ सय ३३ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.