सल्यान : सल्यानमा सर्पले टोक्दा एक किशोरीको मृत्यु भएको छ।
सल्यान शारदा नगरपालिका-१४ च्याउखोला निवासी १६ वर्षिया मनुजा विकको मृत्यु भएको हो। शनिबार दिउसो घरमै सुतिरहेको अवस्थामा सर्पले टोक्दा विकको मृत्यु भएको स्थानीय गुरु केसीले जानकारी दिए।
उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै मृत्यु भएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।