|
File Photo

नवलपरासी : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए। महामन्त्री डा. कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली कांग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो। बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए।

उक्त विस्फोटक पदार्थ कसले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.