|

दाङ : दाङ जिल्लालाई पश्चिम नेपालको केन्द्र बनाउनका लागि आपूmले उम्मेदवारी दिएको माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताएका छन्।

रिपोर्टस क्लब दाङले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा नेता महराले यस्तो बताएका हुन्। घरदैलो कार्यक्रममा हिँडेका महरालाई रिपोर्टस क्लबले दाङले घोराही उपमहानगरपालिका १७ मा भेटेर कार्यक्रम गरेको हो।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद् रेग्मीको अध्यक्षता तथा  दाङ निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महराले दाङलाई पर्यटकीय क्षेत्र रारासम्म जोड्ने बताएका छन्। दाङलाई केन्द्र बनाएर चारैतिरबाट सडक सञ्जालले जोड्ने हो भने दाङ पश्चिम नेपालको केन्द्र बन्नेछ र दाङको विकासमा मद्धत पुग्ने नेता महराले बताए।

दाङ हावापानी तथा सुरक्षाको दृष्टिकोणले पनि सुरक्षित रहेको भन्दै नेता महराले प्रदेशको राजधानी पनि दाङ नै हुने बताएका छन्। दाङ जिल्ला प्रदेशको राजधानी बन्यो भने र चारैतिरका सडक सञ्जालले जोड्न सकियो भने दाङको समृद्धि त्यहिँबाट हुनेछ महराले भने। नेपाल सरकारका उपप्रधानमन्त्रीसमेत रहेका नेता महराले दाङको सञ्चार क्षेत्र नेपालकै उदाहरणीय भएको बताए।

अन द स्पट साक्षत्कार कार्यक्रम गर्न आएका रीपोर्टस क्लब दाङका अध्यक्षलाई महराले धन्यवादसमेत दिएका छन्। अहिलेसम्म सबैले सञ्चार संस्थामा लगेर साक्षात्कार कार्यक्रम गरेको बताउँदै नेता महराले यो साक्षात्कार पृथक् रहेको जनाएका छन्।

साक्षत्कार कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष के एल पीडित, नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य अजयदीप शर्मा, राससका राप्ती अञ्चल प्रतिनिधि नारायणी रजौरे लगायतको उपस्थिति थियो भने कार्यक्रमको सञ्चालन रिपोर्टस क्लबका सचिव विमल गौतमले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.