|

हेटौंडा : अवैध रुपमा खानी उत्खनन गरेको भन्दै हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडका निर्देशक रघुनन्दन मारु पक्राउ गरी अदालत पेश गरिएको छ।

शिवमले सञ्चालन गर्दै आएको साविकको सुकौरा र ठिंगन गाविसमा रहेको चपकी ढुङ्गा खानी अवैध रुपमा उत्खनन् गरेको भन्दै मारुलाई पक्राउ गरी अदालत पेश गरेको हो। खानीमा उत्खनन् गर्नका लागि विभागसँग स्वीकृति लिएभन्दा बढी उत्खनन गरिएकाले कात्तिक २८ गते पक्राउ गरी हिरासतमा राखिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबीसहित शुक्रबार जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको छ। जिल्ला वन कार्यालय मकवानपुरको टोलीले खानी क्षेत्रको स्वीकृति लिएको क्षेत्र र अरु क्षेत्रको नापी गरेपछि अदालतमा मुद्दा दायर गरिएको न्यौपानेले बताए।  

शिवमले सञ्चालनमा गरेको खोटार खानी समेत स्विकृति लिए भन्दा फरक वडामा रहेको जनाइएको छ। जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले निरन्तर अनुगमन गरे पनि कारवाही नहुँदा त्यस क्षेत्रका स्थानीयले दुबै कार्यालय समेत आर्थिक मोलमोलाइमा संलग्न भएको आशंका गरेका थिए। स्थानीयले खोटारसहितका अन्य खानीको बारेमा समेत अनुसन्धान गर्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.